एनबीएलमा आठ टिम सहभागी हुने

Sharing is caring!

साउन १०, २०८० । राष्ट्रिय बास्केटबल लिग (एनबीएल) नेपालको प्रथम संस्करणमा कुल आठ टिम सहभागी हुने भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघ (नेबा) ले सहभागी टिमहरुको घोषणा गरेको हो । जस अनुसार एनबीएल खेल्ने टोलीहरुमा विशाल मिलन केन्द्र, बूढानीलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्र्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभूवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब रहेका छन् ।

सम्पूर्ण सहभागी क्लबका प्रतिनिधिलाई समेत पत्रकार सम्मेलेनमा सम्मान गर्दै लिगमा उत्कृष्ट प्रर्दशनको लागि नेपाल बास्केटबल संघ (नेबा) का अध्यक्ष भीमसिंह गुरुङले आग्रह गरे ।

नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाईको संंयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो ।

लिगका सम्पुर्ण खेलहरु कान्तिपुर टेलिभिजन एचडी, कान्तिपुर सिनेप्लेक्स र कान्तिपुर टेलिभिनजको आधिकारिक युट्युवच्यानलमा प्रशारित हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *