इटहरीबाट नक्कली नोटसहित दुईजना पक्राउ

Sharing is caring!

असोज ५, २०८० । सुनसरीको इटहरीबाट १५ लाख ८७ हजार नक्कली नोटसहित इटहरीबाट दुईजना पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका ६ स्थित एक होटलबाट नक्कली नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा संखुवासभा घर अजय राई र विवेक राइलाई पक्राउ गरेको प्रहरी निरीक्षक कैलाश चौधरीले बताए ।

उनीहरुको साथबाट १ हजार रुपैयाँका १६ बन्डल नोट फेला परेको छ । इटहरीमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । त्यस क्रममा शंका लागेर खानतलासी गर्दा ती व्यक्तिहरु नक्कली नोटसहित पक्राउ परेका हुन् ।

जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बताए ।

इटहरीसहित सुनसरीका विभिन्न व्यापारिक केन्द्रहरुमा नक्कली नोट पाइन लागेपछि सुक्ष्म रुपमा निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *