काठमाडौं महानगरमा आज शोक बिदा

Sharing is caring!

भदौ २२, २०८० । काठमाडौं महानगरपालिकाले आज महानगरपालिका अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले बिदा दिने निर्णय गरेको हो । शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द हुनेछैन् ।

रिजालको उपचारको क्रममा हिजो निधन भएको थियो । उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *