२५ प्रतिशत घरपरिवार बैंकको ऋणी

Sharing is caring!

कात्तिक १४, २०८० । गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् ।

नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव २६ प्रतिशत घर खाली अवस्थामा रहेको हो ।
बिनाअध्ययन र प्रयोजन बैंकसँग कर्जा लिएर र भूकम्पपछि सरकारसँग अनुदान लिएर घर बनाउँदा अनुत्पादक क्षेत्रमा पैसा खनिएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को क्रममा गरिएको घरपरिवार सर्वेक्षणको सोमबार सार्वजनिक भएको प्रतिवेदनले नेपालका कुल २५ प्रतिशत जनता ऋणमा परेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ भदौ ३० देखि असोज १८ सम्म ९२० दिन० घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म ९१५ दिन० प्रत्येक व्यक्ति तथा परिवार’दयगत विस्तृत विवरण संकलन गरेको थियो ।

सार्वजनिक गरिएको नतिजाअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले घर रहेका छन् । २८ दशमलव ७८ प्रतिशत २ तले, ९ दशमलव १७ प्रतिशत ३ तल्ले र १ दशमलव ३ प्रतिशत चारतले पाइएको छ । शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले शून्य दशमलव शून्य १ प्रतिशतदेखि नौ तले ० दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका छन् ।

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात २ दशमलव ३४ प्रतिशत रहेको छ ।

नेपालका कुल घरमध्ये ७१ प्रतिशत आवासीय, ३ प्रतिशत व्यापारिक, शून्य दशमलव ३७ प्रतिशत सरकारी, १ दशमलव १२ शैक्षिक, शून्य दशमलव २० प्रतिशत स्वास्थ्यसम्बन्धी रहेका छन् ।

यीमध्यै पौने ५ लाख घर खाली अवस्थामा रहेका छन् । वैदेशिक रोजगार र सहरकेन्द्रित बसाइ हुँदा सबैभन्दा बढी खाली घर दोलखामा पाइएको छ । दोलखामा २१ प्रतिशत घर खाली छन् । यसैगरी सिन्धुपाल्चोकमा पनि १७ प्रतिशत घर खाली छन् । जाजरकोटमा १५ प्रतिशत घर मानवविहीन छन् भने मुखुकमा १४ प्रतिशत घर प्रयोगविहीन अवस्थामा छन् । यसैगरी रसुवामा १४ प्रतिशत, नुवाकोटमा १३ दशमलव ९८ प्रतिशत, काभ्रेमा १४ प्रतिशत, गोरखामा १२ प्रतिशत पर्वतमा १० प्रतिशत, रामेछापमा १८ प्रतिशत घर बिनाप्रयोजन बनाएको पाइएको छ ।

पालिकागत रूपमा हेर्दा गौरीशंकर गाउँपालिकामा ३० प्रतिशत घर खाली छन् । २० प्रतिशतभन्दा बढी खाली घर रहेका पालिकामा चौरी देउराली, भोटेकोशी, धार्चे, शैलुङ, बैटेश्वरी, लिसंखु पाखार, खानीखोला, डुप्चेश्वरी, कालिन्चोक, मेलुङ, खाँडादेवी, गोकुलगंगा, सिगार, सुनकोशी र बिगु गाउँपालिका रहेका छन् ।

आठविसकोट नगरपालिका र नालगाड नगरपलिकामा २० प्रतिशत बढी घर खाली छन् । यसैगरी नमोबुद्ध, मेलौली, भीमेश्वर, रामेछाप नगरपालिकामा पनि २० प्रतिशतकै हाराहारीमा घर खाली भेटिएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले घर तथा घरपरिवार सूचीकरण फाराममा संकलित विवरणमध्ये घरको मुख्य प्रयोग र घरको आयुअनुसार नतिजा सार्वजनिक गरिएको हो । विवरणर कुल ७५ लाख ५२ हजार घरमध्ये २७ दशमलव ९५ प्रतिशत घर चार वर्ष पुराना छन् भने १ सयभन्दा बढी वर्षका ३ हजार ७ सय ५५ घर छन् ।

देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । सो प्रतिशत सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ दशमलव ९८ प्रतिशत रहेको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये ४१ लाख २२ हजार ६ सय ९० परिवारमा कम्तीमा एक जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । यसैगरी, कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १ सय ८१ जना अर्थात् २५ दशमलव ४६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्था ९सहकारी संस्थाबाहेक० मा कम्तीमा एउटा खाता रहेको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४९ परिवारमध्ये २५ दशमलव ५९ प्रतिशत परिवारले बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको तथ्यांक रहेको छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २९ दशमलव ९६ प्रतिशत देखिएको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *