सञ्जिला कुमारीलाई सांसद बनाउने जसपाको निर्णय

Share this news:

कात्तिक १३, २०८० । जनता समाजवादी पार्टीले मधेश प्रदेशसभाको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले सञ्जिला कुमारीको नाम पठाउँने निर्णय गरेको पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।

उनले भने,‘सांसदको नाम पठाउँने विषयमा पार्टीले सञ्जिलाकुमारी यादवलाई पठाउँने निर्णय गरेको छ । स्वत नियममा के छ भने क्रमश आउँदै जान्छ खाली भएपछि त्यो क्रमश आउँने जानेमा सञ्जीला कुमारी यादवलाई पठाउँने निर्णय भयो ।’

समानुपातिक सांसद विन्दुकुमारी यादवको भदौमा निधन भएपछि रिक्त पदमा यादवलाई पठाउने निर्णय भएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *