कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ

Sharing is caring!

असोज २०, २०८० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
जसका लागि प्रदेश सभा सचिवालय भवन बिराटनगरमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

यस अघि सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिएपछि कार्कीले विश्वासको मत पाउन सकेका थिएनन, जसका कारण उनी बाहिरिनु परेको थियो ।

त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई–दुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ती सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न परमादेश दिएको थियो ।
उक्त आदेशवाट पुनः मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको आवाश्यक पर्दछ तर एमालेसँग जम्मा ४० मत मात्रै रहेको छ, थप मत अन्य दलवाट प्राप्त गर्नुपर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *