आरती साहको परिवारले न्याय नपाउनु दण्डहीनताको पराकाष्टा : नागरिक अभियान्ता

Sharing is caring!

कात्तिक १३, २०८० । हत्या भएको पाँच महिना पुरा हुदाँसमेत आरती साहका हत्यारामाथि कारबाही नभएको भन्दै नागरिक अभियान्ताले आक्रोश पोखेका छन् । १ सय ३६ दिनदेखि न्याय माग्दै परिवारले धर्ना जारी राख्दासमेत पीडितले न्याय नपाएको भन्दै नागरिक अभियान्ताले आज माइतीघर पुगेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

माइतीघर पुगेका नागरिक अभियान्ताहरुले पीडितले राज्यविहीनताको अवस्था महशुस गर्नु दुखद भएको बताए ।
आज उनीहरुको समर्थनको लागि पुगेका सामाजिक अभियान्ता सचिन घिमिरेले यस्तो प्रकारको कामले राज्यविहिनताको महशुस भएको बताए । कानूनी रुपमा देश लोकतन्त्रमा गएको पनि तथ्यगत रुपमा भने देशमा अझै पनि लोकतन्त्रको अनुभूती हुन नसकेको तथ्यगत प्रमाण आरतीले न्याय नपाउनु पनि भएको उनको भनाई छ ।

उनले भने, ‘सरकारलाई यो आरती साहको केश इजरायलको भन्दा पनि जटिल भएको जस्तो देखियो । राज्यले जनताको यस्तो समस्याप्रति गम्भीर भएर नलागेसम्म लोकतन्त्रको अनुभूती हुदैँन् । कानूनी रुपमा देश लोकतन्त्रमा गएको तर तथ्यगत रुपमा भने देशमा अझै पनि लोकतन्त्र अनुभूती हुन नसकेको तथ्यगत प्रमाण केही केश रहेको छ । यती धेरै दिन न्यायको लागि यसरी बसेर आन्दोलन गरेर बस्नु परेको जुन अवस्था छ यसबाट हामीलाई राज्यविहिनताको महशुस भईरहेको छ ।’

यस्तै, अर्का अभियान्ता शिशिर उप्रेतीले, सरकारले आफैँ बुझेर गर्नुपर्ने कामको लागि यसरी आन्दोलन गर्नु पर्ने अवस्था दण्डहीनताको पराकाष्ट भएको भन्दै राज्यले आफ्नो काम नगरेको बताए ।

उनले भने, ‘राज्य कानमा तेल हालेर बसेको छ । यहाँ १३६ दिनदेखि यहाँ आन्दोलनरत रहेका छन् सरकारले आँखा बन्द गरेर बसेको छ । यस्तो कुरामा यसरी आन्दोलन बस्नु पर्ने कुरा नै होईन् । सरकारले आफैँ बुझेर गर्नुपर्ने कामको लागि उहाँहरु चाडपर्व नभनिकन यस्तो चिसोमा यसरी बस्नु भएको छ । यो दण्दहिनताको पराकाष्ट हो । राज्यले आफ्नो काम गरिरहेको छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *