समस्याको निकासका लागि सही निर्णय सरकार विघटन : अध्यक्ष साह

Sharing is caring!

मंसिर ११, २०८० । जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा विद्यमान समस्याको निकासका लागि सही निर्णय भनेकै सरकारको विघटन रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले देशको निकासको सही निर्णय भनेकै सरकारको विघटन रहेको भन्दै राष्ट्रपतीय प्रणालीमा गएर मात्रै देशमा स्थिरता हुने बताएका हुन् ।

उनले भने, ‘हामीले भनेका छौं, देशमा समस्याको निकासका लागि सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हो । अब राष्ट्रपतीय प्रणालीमा जानुपर्छ अनि मात्रै देशमा स्थिरता हुन्छ । अनैतिक राजनीतिको स्थिति छ । नैतिकताको बाटो जानुपर्छ ।’

उनले सरकारले मिटर ब्याजीको नाममा भ्रष्टाचार र घुस खोरीलाई बढवा दिएको आरोप पनि लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *