संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस दिउँसो संघीय संसदलाई सम्बोधन गर्ने

Sharing is caring!

कात्तिक १४, २०८० । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार दिउँसो संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । महासचिव गुटरेसलले राष्ट्रिय र प्रतिनिधि सभाको संयुक्त बैठकलाई अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको छ भने उनको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने सचिवालयले जनाएको छ ।

यसैबीच आफ्नो भ्रमणको क्रममा सोमबार पोखरा पुगेका गुटरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिवर पुगेका छन् । पदयात्राका लागि विश्वमा नै चासो र चर्चा हुने र निकै राम्रो गन्तव्य बनेको अन्नपूर्ण आधार शिविरमा उनी नेपाली सेनाको हेलिकप्टरमार्फत गएका हुन् ।

अन्नपूर्ण आधार शिविरमा पुगी उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी काठमाडौं फर्कने र अपराह्न ४ बजे संघीय संसदका दुवै बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *