आज संसदका तीन समितिको बैठक बस्दै

Sharing is caring!

कात्तिक १४, २०८० । संघीय संसद अन्तर्गतका विभिन्न तीन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ ।
प्रतिनिधिसभाका कानून, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानव अधिकार समितिमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर; बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटनाका सम्बन्धमा समितिमा छलफल हुने भएको छ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्ने बैठकमा नेपालका कारागारहरूमा रहेका कैदी र थुनुवाहरूको मानव अधिकारको अवस्थासम्बन्धी विषयमा छलफल गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै, प्रतिनिधिको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि दिउँसो १ बजे बोलाइएको छ । बैठकमा माछा, दुध, मल र चिनीको बिक्री बितरणमा रहेका समस्या सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपुर्ति, गृह र अर्थ मन्त्रालयसँग छलफल गरिने छ ।

साथै खाद्य स्वच्छता सम्वन्धी विधेयकको प्रगति विवरण सम्बन्धमा पनि समितिमा छलफल हुने सचिवालयले उल्लेख गरेको छ । यता खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन सम्बन्धमा छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको पनि बैठक बोलाईएको छ । बैठक दिउँसो १ बजे समिति सभाकक्ष सिंहदरबारभित्र बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *