नेपाल र चीनबीच क्रस बोर्डर सेज स्थापनाको तयारी

Sharing is caring!

असार २५, २०७५ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले नेपाल र चीनको सीमानामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने तयारी गरेको छ । दुई देशमा उत्पादित वस्तु आयात निर्यात गरी आफ्नो वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल र चीनबीच क्रस बोर्डरमा सेज स्थापना गर्ने तयारी थालिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले नेपाल र चीनको सीमानामा सेज स्थापना गर्न दुई पक्षबीच सम्झौता भई अध्ययनका लागि कमिटीसमेत गठन भइसकेको आर्थिक अभियानलाई बताए ।

गठित उक्त कमिटीमा प्राधिकरणका कार्यकारी निर्देशक, नेपाल स्थित चिनियाँ राजदूतावासका दुई जना प्रतिनिधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दुई जना प्रतिनिधिसमेत गरी पाचँ जना रहेका छन् । कुन ठाउँमा सेज स्थापना गर्ने ? कस्तो मोडालिटिमा राख्ने ? लागानीको मोडालिटी कस्तो राख्ने ? कस्ता उद्योगहरू राख्ने ? भन्नेलगायतका विषयमा यस कमिटीले अध्ययन गर्ने उनको भनाई छ ।यो खबर आजको आर्थिक अभियानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *