सावधान! तपाईँको गोप्य कुरा अरुलाई पठाउँछ स्मार्ट फोन, गर्दैछ जासुसी

Sharing is caring!

असार २५, २०७५ । के तपाईँलाई थाहा छ ? तपाईँको एन्ड्रोइड फोनमा राखिएका केही चर्चित एपले जासुसी गरिरहेको कुरा । यी एपले तपाईँको कुरा सुन्ने मात्रै होइन, तपाईँको हरेक व्यवहारमाथि पनि निगरानी राखिरहेका हुन्छन् । यहाँसम्म कि तपाईँको गतिविधिको स्क्रिनसर्ट समेत लिएर यी एपले थर्ड पार्टीलाई पठाइरहेका पनि हुन्छन् ।

यो जानकारी एउटा नयाँ अध्ययनबाट पत्ता लागेको हो । अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार मोबाइलको स्क्रिनमा तपाईँको गतिविधिको स्क्रिनसर्ट र भिडियोमा तपाईँको युजरनेम, पासवर्ड, क्रेडिट कार्डको नम्बर र अन्य महत्वपूर्ण जानकारी पनि एपले थर्ड पार्टीलाई पठाउने गरेका छन् ।

अमेरिकाको बोस्टनस्थित नर्थइस्टर्न विश्वविद्यालयका प्राध्यापक डेभिड चोफनसले भने, ‘हामीले गरेको अध्ययन अनुसार सबै एपसँग तपाईँको स्क्रिन या जुनसुकै कुरा तपाईँ टाइप गर्नुहुन्छ, तिनलाई रेकर्ड गर्ने क्षमता हुन्छ ।’

यस अध्यनलाई बार्सिलोनामा हुने प्राइभेसी एन्हान्सिङ्ग टेक्नोलोजी सिन्पोजियममा पेश गरिने भएको छ । अध्ययन अन्तर्गत टिमले विद्यार्थीहरुले लेखेको एक अटोमेटेड टेस्ट प्रोग्रामको उपयोग गरेर एन्ड्रोइड अपरेटिङ्ग सिस्टममा १७ हजार भन्दा धेरै महत्वपूर्ण एपको विश्लेषण गरिएको थियो । यी १७ हजार एपमा ९ हजार एपसँग स्क्रिनसट्स लिने क्षमता थिए ।

विश्वविद्यालयका प्राध्यापक क्रिस्टो विल्सनले भने, ‘अध्ययनमा कुनै प्रकारको अडियो लिकको पत्ता लागेको थिएन । एउटै पनि एपले माइक्रोफोनलाई एक्टिभ गरेनन् ।’ उनले अगाडि भने, ‘त्यसपछि हामीले यस्तो एउटा चिज देख्यौँ, जसको हामीले आशा र विश्वास पनि गरेका थिएनौँ । ती एपले स्वयम् स्क्रिनसट्स लिएर थर्ड पार्टीलाई पठाइरहेका थिए ।’

विल्सनका अनुसार यस्ता एपको प्रयोग कुनै गलत प्रयोजनका लागि हुने गरेको छ । ‘यसको उपयोग निश्चितरुपमा कुनै दुर्भावनापूर्ण उद्देश्यका लागि गरिएको हुन सक्छ । यी एप इन्स्टल हुन र जानकारी संकलन गर्न पनि धेरै सजिलो विधिबाट हुँदोरहेछ । सबैभन्दा खतारनाक कुरा भनेको यसका लागि कुनै नोटिफिकेसन पनि तपाईँलाई दिँदैन र प्रयोगकर्तासँग कुनै अनुमति नलिई सूचना अन्यत्र पठाइरहेको पाइयो ।’

अनुसन्धानकर्ताका अनुसार यो अध्ययन अहिलेलाई एन्ड्रोइड फोनमा मात्रै गरिएको हो ।  ‘अहिलेलाई हामीले यो अध्ययन एन्ड्रोइड फोनमा मात्रै गरेका छौँ’, विल्सनले भने, ‘तर अरु अपरेटिङ सिस्टम पनि कम खतारनाक छन् भन्ने कुरा हामीले कसरी विश्वास गर्नू ?’

‘हेडेक: जर्नल अफ हेड एन्ड फेस पेन’ मा प्रकाशित एक अन्य अध्ययनका अनुसार माइग्रेनको पीडा पत्ता लगाउन विकसित एपले समेत थर्ड पार्टीलाई प्रयोगकर्ताको जानकारी पठाइरहेको भेटिएको छ । यो पनि व्यक्तिको गोपनीयताको सीधै हनन हो । किनकि मेडिकल एपबाट थर्ड पार्टीलाई डाटा पठाउनेबारेमा केही कानुनी सुरक्षा प्रदान गरिएको छ।यो खबर आजको अन्नपुर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *