आठ लाख घुससहित बिपी प्रतिष्ठानका उपकुलपति पक्राउ

Sharing is caring!

असार २७, २०७६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ लाख घुसहित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई पक्राउ गरेको छ ।

राजधानीबाट खटिएको अख्तियारको टोलीले उपकुलपति निवासबाट बिहीबार रौनियारद्वयलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेपछि अख्तियारको टोली धरान पुगेको थियो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ । यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *