हुरीपीडितलाई परिचयपत्र: क्षतिको विवरण संकलन अन्तिम चतरणमा

Sharing is caring!

चैत २५, २०७५ । हुरीबाट अति प्रभावित फेटा फेटा गाउँपालिकाले पिडितलाइ्र्र परिचयपत्र लागू गरेको छ । दातृ संघसस्था र व्यक्तिबाट प्राप्त राहत सहयोग दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि गाउँ कार्यपलिका बैठकले परिचयपत्र लागू गर्ने निर्णय गरेको हो ।

फेटा गाउँपालिका १, ३, ६ र ७ करिव ५ सय जनालाई परिचयपत्र बाँडिएको पालिका अध्यक्ष अमिरीलाल प्रसादले बताउनुभयो । पालिकाको वडा १, भलुही र भरबलिया गाउँमा परिचयपत्र वितरण कार्य भइरहेको पनि उहांले जानकारी दिनुभयो । ‘राहत वितरण अव्यवस्थित र गैह्पीडितले समेत लिने गरेकाले परिचयपत्र वितरण गर्नु परेको हो,’ उहांले भन्नुभयो– ‘कुन परिवारमा धनमालको के कस्तो स्तरको क्षति भएको छ सोको विवरण खुलाएर परिचयपत्र बनाइएको छ ।’ उहांका अनुसार परिचय पत्र बनेकाले मात्र राहत सहयोग प्राप्त गर्ने छन ।

यसैबीच जिल्ला विपद व्यवस्थापन समितिले स्रंकलन गरेको पिडित परिवारको तथ्याङ्गक विश्वसनीय नदेखिएपछि उद्धारमा सक्र्रिय नेपाली सेनाले आफ्नै जनशक्ति मार्फत छुट्टै लगत लिने काम शुरु गरेको छ । प्र्रभावित क्षेत्रमा राहत र भङ्गाबशेष सम्याउने कार्य गर्दै आएको नेपाली सेनाले आन्तरिक रुपमा लगत संकलन शुरु गरेको छ । सरकारले हुरीले भत्काएका घर÷भवन पुर्ननिर्माणको समेत जिम्मा दिएपछि सेनाले वास्तविक तथ्याङ्ग आवश्यक रहेको महशुस गरेको छ ।

यसअघि समितिले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार जिल्लामा १ हजार ८ सय ५५ घरमा हुरीले क्षति पु–याएको छ । जसमा ९ सय ४० घर पूर्णरूपमा ध्वस्त भएका छन । ९ सय ५५ घरमा आंशिक क्षति पुगेको छ । स्थानीय तहबाट प्राप्त विवरणहरुको विश्लेशषणपछि समितिले सो तथ्याङ्ग सार्वजनिक गरेको हो । ‘व्यक्तिगत सम्पक्र्र र प्रभावको आधारमा गैह्पिडितको पनि क्षेति देखाइएको छ, सुरक्षा स्र्रोतले भन्यो, गैरपिडितले फाइदा लिन नसकुन र वास्तविक पिडित पनि बन्चित हुन नपरोस ।’

यसैबीच विपत व्यवस्थापन समितिले राहत वितरणमा लागु गरेको एकद्वार प्रणाली प्र्रभावकारी देखिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मुरारी कार्कीका अनुसार राहत र सहयोग उपलव्ध गराउन चाहनेले जिल्ला प्रशासन कार्यालयमार्फत मात्र दिन सक्ने प्र्रवन्ध गरेपछि राहत वितरण प्र्रभावकारी देखिएको हो ।

कार्यालयले प्र्रहरी प्र्रशासन सहित स्थानीय सर्वपक्षिय÷सर्वदलीय स्रंयन्त्रमार्फत आवश्यकता अनुसार दाताबाट प्र्र्राप्त सहयोग पिडितलाई उपलव्ध गराउन थालेको छ ।

‘आफुखुसी मनलाग्दी गएर वितरण गर्न रोकिएको छ, सुचना अधिकारी कार्कीले भन्नुभयो– यस्तो व्यवस्थाले कोहि दोहोरिने र कसैले नपाउने समस्याको अन्त्य भएको छ ।’ यसअघि विभिन्न स्रंघसंस्था र व्यक्तिले आफनो निहित स्वार्थको लागि पिडितको नाममा जथाभावी राहत बाढ्दै आएका थिए ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *