नवौ राष्ट्रिय खेलकुदमा ५३ करोड ७९ लाख खर्च

Sharing is caring!

साउन २४, २०८० । राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ ८ पैसा खर्च भएको बताएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सदस्य सचिव टंक घिसिङले खर्च विवरण सार्वजनिक गरेका हुन् ।

उनले ६ करोड ८२ लाख ४८ हजार ४६० रुपैयाँ ९२ पैसा वचत भएको पनि जानकारी दिए । प्रतियोगिताका लागि नेपाल सरकारबाट ६० करोड १० लाख विनियोजन भएको आन्तरिक आम्दानीबाट ५१ लाख ५२ हजार ७ सय रुपैयाँ पाएको र कुल आम्दानी ६० करोड ६१ लाख ५२ हजार ७ सय रहेको पनि घिसिङले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद २०७९ सफलतापूर्वक आयोजना गरेको थियो । उक्त प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए ।

एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *