आइसिसी वरियतामा नेपाल एक स्थान तल

Sharing is caring!

भदौ ६, २०७६ । एकदिवसीय  क्रिकेट वरियतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो ।

एकदिवसीय वरियताको शीर्ष स्थानमा इङल्याण्ड रहेको छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटौँमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ ।

नेपाललाई ओमानले उछिनेको छ भने नेपाल भन्दा मुनि यूएई र पपुवा न्युगिनी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *