तीन दलको लेनदेन विषयले संसद बन्धक बनाइनु हुँदैन : स्वर्णिम वाग्ले

Sharing is caring!

साउन २४, २०८० । रष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले तीन दलको लेनदेनको विषयले संसद बन्धक बनाइएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद वाग्लेले तीन दलले आफ्नो लेनदेनको विषय संसद बाहिर नै समाधान गर्नु पर्ने बताए ।

उनले भने, हामीले यो भद्र सांकेतिक विद्रोह नै गरेका हौं । जनताको संसदलाई बन्धक बनाईएको छ । यि तिनवटा ठूला दलहरुले के के लेनदेन वार्गेनिङ नमिलेको हो जे जे गर्नु पर्छ अर्को थलो र अर्को समयमा गरेर आउनु । उनले तोकेको समय र तोकेको मितिमा संसद चल्नु पर्ने बताए ।

जनताको मुद्धाहरु यत्रतत्र भएको बेलामा यस्तो कार्य गर्नु उचित नभएको र यसले अर्थतन्त्रमा असर पार्ने पनि सांसद वाग्लेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *