विराटनगर वारीयर्स ईपीएलबाट बाहिरियो

Sharing is caring!

पुस २, २०७५ । पारस खड्का नेतृत्वको विराटनगर वारीयर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा क्रिकेटबाट बाहिरिएको छ ।  सोमबार भएको खेलमा काठमाडौं किंग्स इलेभेनसँग पाँच विकेटले पराजित हुँदै विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो ।

विराटनगरले दिएको एक सय एक रनको विजयी लक्ष्य काठमाडौंले १७.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

काठमाडौंका लागि केभिन ओब्रायनले अविजीत रहदै ४५ रन बनाए । यस्तै प्रदिप शाहुले अविजित २१ रन तथा अमित श्रेष्ठले १४ रन बनाए । १० दशमलव १ ओभरमा ४८ रनमा ५ विकेट गुमाइसकेको अवस्थामा रहेको काठमाडौंको टोलीलाई जित दिलाउन ओब्रायनकाे इनिङ महत्वपूर्ण रह्यो। बलिङमा विराटनगरका पारस खड्का र भानडेर मेर्वीले २/२  विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय रन जोडेको थियो । विराटनगरका सुमित महर्जनले २५ रन बनाएका थिए । हरीबहादुर चौहानले २२ र पारसले २१ रन बनाए । काठमाडौंका केभिन ओब्रायनले ३ विकेट लिए । बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुले २/२ विकेट लिए । लिग चरणको खेल सकिदा लिगको शीर्ष स्थानमा रहेका ललितपुर प्याट्रिएटस र दोस्रो स्थानमा काठमाडौं रहदै  क्वालिफायर राउण्डमा प्रवेश गरेका छन् । फाइनल प्रवेशका लागि यी दुई टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *