सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह

Sharing is caring!

पुस २, २०७५ ।  ग्रामीण महिला सञ्जाल, (रुओन नेपाल) की कार्यक्रम संयोजक सम्झना पहाडीले सुरक्षित गर्भपतनका बारेमा सकारात्मक एवम् प्रभावकारी सूचना सम्प्रेषण गर्नको लागि सञ्चारकर्मीहरुलाई आग्रह गरेकी छन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ग्रामीण महिला सञ्जाल नेपालकी कार्यक्रम संयोजक पहाडीले यस्तो आग्रह गरेकी हुन् । उनले सुरक्षित गर्भपतन र सुरक्षित शारिरीक सम्बन्धको विषय संवेदनशील विषय भएको बताईन् ।

उनले भनिन्,‘समाजभित्रका राम्रा र नराम्रा पक्षहरुलाई तुलनात्मक र सन्तुलनात्मक हिसावमा सम्प्रेषण गर्र्नुपर्छ जस्तो लाग्छ, समाचारका शिर्षकहरु चयन गर्दा ध्यान दिनुपर्छ कि ? कुनै समाचार शिर्षकहरु एउटा हुन्छ भित्र समाचार अर्के हुन्छ ? यो कसरी भयो ? यस्ता समाचारका शिर्षक चयनमा ध्यान दिनुपर्ने हुन्छ ।’

उनले भनिन्,‘राज्यभित्रका सबै किसिमका विषयहरुलाई सञ्चार माध्यममार्फत जानकारी गराउँनु पत्रकारहरुको कर्तव्य त हो, तर यस संवेदनशील विषयका बारेमा अझै गम्भिर बनेर लेखिदिनुहोस्, बोली दिनुहोस्, सूचना सम्प्रेषण गरिदिनुहोस् भन्ने हाम्रो आग्रह हो ।’
कार्यक्रमका सहजकर्ता सन्तोष भण्डारीले नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन भईरहेको बताएका छन् ।

उनले भने,‘देशका ग्रामीण भेगमा सुरक्षित गर्भपतन सम्बन्धि जानकारी छैन्, असुरक्षित गर्भपतनका कारण अकालमा धेरै महिलाहरुको ज्यान जाने गरेको पनि छ, हालैको जानकारी अनुसार ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराईएको अवस्था छ, ४२ प्रतिशतले मात्रै सुचिकृत स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन गराएको डाटाले देखाउछ ।’
गर्भपतन गर्न पाउने अवस्था

कार्यक्रम सहजकर्ता भण्डारीले गर्भवति महिलाको ईच्छाविपरित गर्भपतन गराउन नमिल्ने बताए । उनले भने,‘महिलाको ईच्छा अनुसार १२ हप्तासम्मको गर्भपतन, हाडनाता करणी तथा बलतकृत भएको अवस्था २८ हप्तासम्मको गर्भमारहेको बच्चा विकलाङ्ग तथा अंगभङ्ग भएको, स्वस्थ जन्मीने अवस्था नभएको, बच्चा तथा आमाको स्वास्थ्यमा प्रतिकुल असरपर्छ भनि स्वास्थ्यकर्मीको सल्लाहमा सुरक्षित गर्भपतन गर्न पाईन्छ ।’

गर्भपतन गर्न नपाउने अवस्था

गर्भवती महिलाको स्वीकृति बिना (करकाप, डर, धम्की, ललाई फकाई, तथा प्रलोभनमा पारी) गर्भपतन गर्न नपाइने कानूनी व्यवस्था रहेको बताउँदै भण्डारीले भने,‘कानूनी व्यबस्थाको आधारमा हामीले देशका विभिन्न भागमा पुगेर यसका बारेमा जानकारी दिदै आएका छौं ।’
उनले अघि थपे,‘१२ हप्तापछि गर्भमा रहेको भ्रुणको विकाससँगै लिङग पहिचान हुने हुँदा त्यसपछि गर्भपतन गर्न पाईदैन, स्वीकृत संस्थामा र स्वीकृत स्वास्थ्यकर्मी बाहेकले गर्भपतन गराउन नपाईने, १८ वर्ष मुनि तथा मानसिक अवस्था ठिक नभएको अवस्थामा नातेदारको स्वीकृतिबिना गर्भपतन गर्न नपाईने व्यबस्था छ, यसका बारेमा पनि सञ्चारकर्मीहरुले समाजलाई जानकारी दिनुपर्छ ।’

हाल नेपालमा गर्भपतनका चुनौतीहरु

औषधीको अभाव, एमभिए प्रविधि उपलब्ध नहुनु, पदस्थापना, सूचनाको पहुँच नहुनुजस्ता चुनौतीहरु छन् ।
कार्यक्रममा सविता तामाङ, नम्रता उपाध्यायलगायतले आफ्ना कुराहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *