डा. केसीको अनसन दुई सातापछि

Sharing is caring!

पुस २, २०७५ । प्रा. डा. गोविन्द केसीले दुई सातापछि सोह्रौं अनसन सुरू गर्ने घोषणा गरेका छन् । डा. केसीले गत मंसिर १० गते पत्रकार सम्मेलन गरेर आफ्ना ३ बुँदे माग अगाडि सार्दै सो माग पुस २ भित्र पुरा नभए पुस ३ देखि  सोह्रौं अनसन सुरु गर्ने बताएका थिए ।

चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग राख्दै डा. केसीले सरकारलाई पुस २ गतेको अल्टिमेटम दिएका थिए ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिका तर्फबाट चिकित्सा शिक्षा विधेयकलाई अघि बढाउन केही दिन समय लाग्ने भन्ने जानकारी आएकाले डा. केसीले अनसन दुई सातापछि पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *