भूमि बैंक स्थापना हुने

Sharing is caring!

जेठ १५, २०७७ । आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भूमि बैंक स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट पनि विनियोजन गरेको बताए । त्यस्तै, समृद्धिका लागि वन कार्यक्रम ल्याउनुको साथै जडिबुटि विकासका लागि विशेष कार्यक्रम ल्याइने बताए ।

महिलाका नाममा जग्गाको स्वामित्व दिँदा थप सहुलियत दिने अर्थमन्त्रीले बताए ।

हवाई सेवा, होटल, ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा कर छुटको व्यवस्था गरिने बताए । पर्यटन क्षेत्र पूर्वाधारका लागि १ अर्ब २६ करोड छुट्याइएको छ । ग्रामीण विद्युतिकरणका लागि ४ अर्ब विनियोजन गरिएको छ । वैकल्पिक उर्जाका लागि ४ अर्ब १३ करोड विनियोजन गरिएको छ।

यस्तै १ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड छुट्याइएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब छुट्याइएको छ ।

युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड बजेट विनियोजन पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *