नामिबियामाथि नेपालको रोमाञ्चक जित

Sharing is caring!

फागुन १८, २०८० । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले ७ विकेट गुमाएर निर्धारित ओभरमा १७७ रनमा समेटियो । नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

नामेबियाका लागि २५ बलको सामना गरेका क्याप्टेन जेजे स्मिथ सर्वाधिक ५० रन बनाएर क्याच आउट भए । नामिबियाका लागि खेलको १७ आँै ओभर निकै महत्वपूर्ण रह्यो । उक्त ओभरमा दुई चौका, एक छक्कासहित १८ रन बनायो ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए । खेलको १.३ ओभरमा सोमपाल कामीले ओपनर मलान क्रुगरलाई ३ रनमा आउट गराए । यस्तै कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए । २२ बलको सामना गरेका कोट्जेले २५ रन बनाएर पेभिलियन फर्किएका थिए । अविनाश बोहराले पनि एक विकेट लिए ।

अर्का बलर करण केसीले आफ्नो नाममा २ विकेट राखे । खेलको ५.३ ओभरमा अर्का ओपनर इकल भान लिंगेनलाई आउट गराएका उनले खेलको अन्तिम ओभरको पाँचौ बलमा सन्दीप जोराको हाटबाट आर ट्रम्पलम्यानलाई क्याच आउट गराए ।

निकै रोचक भएको खेलमा केसीको अन्तिम १९ ओभरको बलिङ नेपाललाई जिताउन अविश्वसनीय साबित भयो ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतकको (५५ रनमा नट आउट) मद्दतमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *