फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ : उपप्रधानमन्त्री खड्का

Sharing is caring!

फागुन १८, २०८० । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम २०८३ सालसम्म सम्पन्न हुने बताएका छन् ।

लगातार समयावधि र लगानी थप भइरहेको उक्त सडक आयोजनाको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भए तापनि २०८३ चैत मसान्तभित्र काम सकिने उनले बताए ।

राष्ट्रिय सभाको बैठकमा शुक्रबार उनले भने, ‘फास्ट ट्रयाकको काम सुरु भएपछि बीचमा कोरोनाको कारणले प्रभावित भएको थियो । त्यसले गर्दा पनि यसको काममा ढिलाइ भएको हो । अब २०८३ चैत मसान्तसम्ममा फास्ट ट्रयाक सम्पन्न गर्नेगरि नयाँ तालिका मन्त्रिपरिषद्बाट निर्णय भएर सार्वजनिक गरेको र त्यही अनुसार काम अगाडि बढेको छ ।’

यसअघि राष्ट्रिय सभामा सांसदहरुले फास्ट ट्रयाकको काम अपेक्षित गतिमा किन अगाडि बढ्न नसकेको भनी जवाफ मागेका थिए । सदनमा उठेका प्रश्नहरुको जवाफ छिटोभन्दा छिटो दिने व्यवस्था मिलाउने पनि उनले रक्षामन्त्रीको हैसियतले विश्वास दिलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *