गृह मन्त्रालयले दियो सात दिने यस्तो निर्देशनः होला त सम्भव ?

Sharing is caring!

वैशाख १ २०७५ । गृह मन्त्रालयले घरेलु कामदारका रूपमा खटाएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । प्रहरीका उच्च अधिकारी, सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री तथा विशिष्ट व्यक्तिले ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएपछि गृहले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दुरुपयोग गरिएका कर्मचारी सात दिनभित्र फिर्ता गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको बताए ।

गृहका अनुसार झन्डै ६ हजार प्रहरी कर्मचारी घरेलु काममा लगाइएका छन् । निर्वाचनका वेला प्रहरीले कुल दरबन्दी ७२ हजार सात सय ३३ मध्ये ६७ हजारको सूची मात्रै पेस गरेपछि गृह पाँच हजार सात सय ३३ प्रहरीको खोजीमा लागेको थियो । यो खबर अाजको नयाँ पत्रिकामा  छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *