प्रदेश २ का मुख्यमन्त्रीलार्इ अमेरिका जान रोक

Sharing is caring!

जेठ ७, २०७५ । सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई तत्काल अमेरिका जान नदिने निर्णय गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा कुटनीतिक मर्यादा भुलेर अभिव्यक्ति दिएपछि आलोचित बनेका राउतलाई बजेट तथा नीति निर्माणका बेला अमेरिका जान अनुमति नदिने निर्णय गरेको हो ।

जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन अफ अमेरिका नामको एनजीओको कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री राउतलाई पठाउने प्रदेश २ मन्त्रिपरिषद्को निर्णयलाई संघीय मन्त्रिपरिषद्ले अनुपयुक्त ठहर गरेको जानकारी सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बासकोटाले दिए ।

‘राउतलाई अमेरिका जान अनुमति नदिने निर्णय भएको छ । अमेरिका भ्रमणमा पठाउन भनी दुई नम्बर प्रदेश मन्त्रिपरिषदबाट आएको निर्णयलाई तत्कालका लागि मन्त्रिपरिषद्ले अनुपयुक्त ठहर गरेको छ’, बासकोटाले भने ।

बासकोटाका अनुसार अहिले अहिले प्रदेशमा बजेट तथा नीति कार्यक्रम लगायत संगठनात्मक संरचनाका महत्वूर्ण काम परेकाले त्यस प्रस्तावलाई अनुपयुक्त गरिएको हो ।यो खबर आजको अन्नपुर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *