भारतमा आईपीएल, करोडौंको बाजी नेपालमा

Sharing is caring!

वैशाख १ २०७५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगन्जमा त्यसैका नाममा करोडौँको जुवा चलिरहेको छ। आईपीएलका हरेक खेलमा हारजितका लागि अवैध जुवा खुलेआम चलाइएको हो।

आईपीएलको सट्टाबाजीमा वीरगन्जमा मात्रै दैनिक अधिकतम् एक करोड रुपैयाँसम्मको हारजितको बाजी लाग्ने गरेको छ। आइपिएलमा हारजितको बाजी लगाउनेमा यहाँका क्रिकेट प्रेमी युवा मात्र नभई औद्योगिक घरानाका व्यपारी, राजश्व छलेर सामान भित्रयाउने तस्कर, नेता र ठेकेदारसमेत छन्।

वीरगन्जमा सट्टाबाजीको अवैध कारोबारका लागि दलालहरुले लागि गोप्यरुपमा कार्यालय नै सन्चालन गरेका छन्।आईपीएल म्याचमा हारजीतको बाजी लगाउँदै आएका आदर्शनगरका एक व्यपारीका अनुसार आदर्शनगर, मुर्ली श्रीपुर र घण्टाघर क्षेत्रमा कोठा भाडामा लिएर दलालहरुले गोप्य रुपमा सट्टाबाजीको कार्यालय सञ्चालन गरेका हुन्।

सट्टाबाजीको अवैध कारोबार गर्ने सट्टाबाज र हारजितको रकम बाजी लगाउने व्यक्तिबीच मध्यस्थकर्ता गर्ने स्थानीय दलाललाई बुक्की भनिन्छ। वीरगन्जमा आईपीएल सट्टाबाजीको धन्दामा संलग्न बुक्कीहरु दलाल मात्रै हुन्। सट्टाबाजको मुख्य गिरोह भारतको राजस्थानस्थित जयपुरमा छ। यो खबर आजको अन्नपूर्णपोष्टमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *