प्रधानमन्त्री ओलीले भने–डोल्पालाई सडक सञ्जालमा जोड्न २० करोड बजेट छुट्याउछौँ

Sharing is caring!

वैशाख १ २०७५ । प्रधानमन्त्री केपी ओलीले प्राकृतिक साँस्कृतिक र जैविक विविधताले भरिएको डोल्पा असाधारण महत्वको जिल्ला भएको बताएका छन् । उनले डोल्पाको बिकासको लागि पहिला राष्ट्रिय सडक सञ्जालमा जोडिनु पर्ने ठहर गरे । उनले डोल्पालाई चालु आव भित्रै सडक सञ्जालमा छिटो भन्दा छिटो जोड्नको लागि २० करोड रुपैयाँ बजेट छुट्याउने अाश्वासन दिएका छन् ।

प्रधानमन्त्री ओली ०७५ बैशाख १ गतेबाट सुरु हुने कर्णाली रारा पर्यटन वर्षको उद्घाटनका लागि मुगु जानेक्रममा डोल्पा आइपुगेका हुन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिमा पर्ने श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा दर्शन तथा पूजाअर्चना पनि गरेका छन् ।

डोल्पा महत्वपूर्ण जडिबुटि यार्सागुम्बा पाँच औलेलगायतका बहुमूल्य जडिबुटीको भण्डारसमेत भएकाले स्वदेशमै यसको स्थाई उत्पादन तथा प्रशोधन र खेती गर्न सके डोल्पाले अझ आर्थिक फाइदा लिन सक्ने बताए । हावापानी सुहाउँदो बेमौसमी तरकारी खेती, स्याउ, ओखर, अंगुरलगायतको बहुआयमिक फाइदाजनक खेतीबाट यहाँको जीवनस्तर माथि उठाउन सकिने प्रधानमन्त्री ओलीले बताए । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *