पुरुष पनि हिंसाको शिकारमा, महानगरमा परे ३ वटा उजुरी

Sharing is caring!

जेठ ५, २०७५ । विराटनगर महानगरपालिका भित्रै पुरुष पनि महिलाहरुबाट हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । विराटनगर महानगपालिकाको न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका हुन ।
अहिलेसम्म पुरुषमाथिको हिंसाका तीन वटा उजुरीहरु न्यायिक समितिमा परेका छन । महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीको संयोजकत्वमा बनेको न्यायिक सेवा समितिले सेवा प्रदान गर्न थालेपछि हाल सम्म ९० भन्दा वढी उजुरीहरु आएका छन । समितिमा सम्वन्ध विच्छेद ,घरेलुु हिंसा, जग्गा विवाद, पुुरुष तथा महिला हिंसा साथै झैझगडा लगायतका उजुुरी आउने गरेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । उपप्रमुख कार्कीले हालसम्म घर निकाला गरेको भनेर पुरुषहरु माथिको हिंसामा तीनवटा उजुुरी परेको जानकारी समेत दिनु भयो ।
महानगरपालिकामा परेका उजुरीहरुलाई सम्भव भएसम्म न्यायिक समितिले मिलाउने प्रयास गर्ने र नमिलेका मुद्धाहरु अदालत पठाउने गरेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । प्रमाणका आधारमा मात्र नभएर व्यवहारिक पक्षको आधारमा पनि जनताको प्रतिनिधि भएर मुद्धा मिलाइने गरेको उपप्रमुख कार्कीको भनाई छ । विराटनगर महानगरपालिकाले केही महिना अघि मात्र न्यायिक इजलासबाट सहज र सुलभ सेवा दिनको लागि न्यायिक इजलासकोसेवा सुरु गरेको हो ।यो खबर आजको नेपाल समाचारपत्रमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *