सुरुङमार्ग निर्माणमा समझदारी

Sharing is caring!

असोज २७, २०७६ । नेपाल र चीनबीच नेपालमा सुरुङमार्ग निर्माणका लागि समझदारीपत्र (एमओयू)मा आइतबार हस्ताक्षर भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय भ्रमणका क्रममा दुई मुलुकबीच सुरुङमार्ग निर्माणसहित विभिन्न १८ वटा समझदारीपत्र र दुईवटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालय र ‘चाइना इन्टरनेसनल डेभेलपमेन्ट को–अपरेसन एजेन्सी’बीच सुरुङ निर्माणका लागि सहकार्य गर्ने सम्बन्धमा ‘एमओय’ू भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले राजधानीको टोखादेखि नुवाकोटको छहरेसम्म चार किलोमिटर लामो र रसुवाको वेत्रावतीदेखि स्याफ्रुबेँसीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि सहकार्य गर्ने सम्बन्धमा सो ‘एमओय’ू भएको जानकारी दिनुभयो ।

काठमाडौँलाई चीनको केरुङसँग जोड्ने दुई मुलुकको प्राथमिकतालाई २४ किलोमिटरको उक्त सुरुङमार्ग निर्माणले मद्दत पुग्ने विश्वास गरिएको छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै उक्त सुरुङमार्गहरूको सम्भाव्यता अध्ययन सुरु गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले बताउनुभयो । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *