राष्ट्रपति भण्डारी शुक्रबार म्यानमार जाने

Sharing is caring!

असोज २७, २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् ।

राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमन्त्रणमा पाँच दिने भ्रमणमा जान लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् ।

राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट गर्ने कार्यक्रम रहेको छ । उनले यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *