विमानस्थलबाटै हुन्छ सातामा ३०० केजी सुन तस्करी

Sharing is caring!

वैशाख १ २०७५। साढे ३३ केजी सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्याकाण्ड खोतल्दै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै एक सातामा ३०० केजी सुन तस्कर हुने गरेको खुलेको छ ।

एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा तस्करी हुने गरेको प्रहरीको भनाइ छ। सातामा ३०० केजी सुन तस्कर गर्ने अधिकांश अहिले पक्राउ परेकामध्ये नै रहेको प्रहरीले बतायो ।

प्रहरीका एक उच्च अधिकारीले भने, ‘अहिले जुन जोजो समातिएका छन्, उनीहरूले मात्रै प्रत्येक साता ३०० केजी सुन तस्करी गरेको सँचना पाएका छौँ । यो काम एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा हुँदै आएको खुलेको छ।’

ती अधिकारीका अनुसार सुन तस्करीमा प्रहरीका भूतपूर्व अधिकारीको पनि संलग्नता देखिएको छ । अनुसन्धान जारी रहेकाले केही दिनमै पर्दाफास हुने उनले बताए ।

विमानस्थलबाट टनका टन सुन तस्करी हुने गरेको सूचना आएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । यो खबर आजको नयाँ पत्रिकामा  छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *