कञ्चनपुरको भीमदत्तनगरमा पुनः कर्फ्यु लगाइए

Sharing is caring!

भदौ १०, २०७५ । आज कञ्चनपुरको भीमदत्तनगरमा पुनः कर्फ्यु लगाइएको छ ।

भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आइतबार बिहान १० बजेपछि पुनःकर्फ्यु लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको थियो ।

अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने प्रहरीले जनाएका छन् । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *