जनकपुरस्थित राष्ट्र बैंकमा मन्त्रीले गरे तालाबन्दी

Sharing is caring!

भदौ १०, २०७५ ।  प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रीले जनकपुरस्थित राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।

प्रदेश सरकारले दिएको बिदा अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र्र यादवले राष्ट्र बैंकको कार्यालयमा  ताला लगाएका हुन् ।

आइतबार प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरि रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा  बिदा दिने निर्णय गरेको थियो ।

संविधानले नै प्रदेश सरकारलाई  बिदा दिने अधिकार दिइएकाले संघीय सरकार मातहतका कार्यालयले अटेरी गर्ने गरेको मन्त्री यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *