प्रधानमन्त्री प्रचण्डले जनयुद्धका पीडितसंग माफी माग्नु पर्छ : वामदेव गौतम

Sharing is caring!

भदौ २०, २०८० । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका पीडितसँग माफी माग्नुपर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध पीडितका घरघरमा पुगेर माफी नमागेसम्म आफूले माओवादी प्रवेश सोच्न सम्म पनि नसक्ने बताए । तर एमाले र एसमाजवादीमा समाहित हुन आफू तयार रहेको उनको भनाई छ ।

उनले भने, हामी नेपालको सबै कम्युनिष्टहरु बीच एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु । म माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । उनले प्रचण्डले राजनीतिक व्यक्तिको हत्या गल्ती थियो भनेर स्वीकार गरे सोच्न सकिने टिप्पणी गरे ।

राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन ।

उनले एमालेले ७० वर्ष उमेर हद हटायो भन्ने कुरा साँचो नभएको भन्दै उमेर हद भनेको संविधानको धारा २४ को विरुद्धमा भएको टिप्पणी गरे । उनले भने, संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ । नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन । उमेर हद भनेको यो संविधानको धारा २४ को विरुद्धमा छ । त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेर हद नेपालको संविधान विरोधी छ, त्यो हट्नैपर्छ ।’

उनले समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *