पद, पैसाको पछि लागेर नेपालीले दुख पाए : मन्त्री सुदन किराती

Sharing is caring!

भदौ २०, २०८० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पद, पैसाको पछि लागेपछि नेपालीले दुख पाएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा खेमराज गुरुङ ट्रस्टद्वारा आयोजित विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले नेपाली राजनीति जरामा नलागी फूल र सुगन्धको पछि लागेको टिप्पणी गरे ।

राजनीतिमा पनि हाम्रो जरातिर ध्यान दिने होकी, हामी जरामा लाग्दाँ राणा शासन र पञ्चायत पनि हटाउँन सफल भयौ तर जब हामी फूल र सुगन्धमा लाग्यौं पद, पैसाको पछि लाग्छौ नि त्यसपछि दुख सुरु भयो । हामी आफ्नो माटोमा फर्किन सक्यौ भने मात्रै विकास हुन सक्छ, उनले भने ।

उनले सबै श्रष्टाको योगदानका लागि आवश्यक पहल गर्ने बताए । श्रष्टाको उचित सम्मान भएमात्रै राष्ट्रको सम्मान हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *