सुनको भाउमा ठूलो उछाल, तोलाको २ लाख ६५ हजार पुग्यो

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। एकैदिन प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेसँगै सुनको कारोबार मूल्य २ लाख ६५ हजार रुपैयाँमा पुगेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा झरेको थियो। तर सोमबार फेरि सुनको भाउ तीव्र रूपमा उकालो लागेको हो।

यससँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार प्रतितोला चाँदी १८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया