काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ एकाएक ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ १६ गते सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन माघ १५ गते भने सुनको मूल्य यही दरले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।
मूल्य घटेपछि शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ सय ४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला सात हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
30 Jan 2026