काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग पूर्व सांसद मञ्चका पदाधिकारीहरूले शिष्टाचार भेटघाट गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त भेटघाटका क्रममा पूर्व सांसदहरूले संसदीय अभ्याससँग सम्बन्धित आफ्ना अनुभवहरू आदानप्रदान गरेका थिए। साथै उनीहरूले संघीय संसद्को प्रभावकारिता वृद्धि गर्न र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन सुझावहरू प्रस्तुत गरेका थिए।
भेटका क्रममा सभामुख अर्यालले अनुभवी पूर्व जनप्रतिनिधिहरूबाट प्राप्त सुझाव र मार्गदर्शन संसदीय गरिमा उच्च राख्न तथा संसद्को कार्यसम्पादनलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने उल्लेख गरे।
उक्त भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ।
16 Apr 2026