काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य केही घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले सस्तो भएको छ।
शुक्रबार प्रति तोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा पुगेको छ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ। शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६ सय ५ रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ।
07 Dec 2025