काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इसाई समुदायको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रेम, शान्ति, करुणा र सद्भावको भावनाले भरिएको यो पर्वले समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेकी छन्।
उनले विविध धर्म, भाषा र संस्कृतिले भरिपूर्ण नेपालमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकी छन्।
क्रिसमस डे को अवसरमा प्रधानमन्त्री कार्कीले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गरेकी छन्।
25 Dec 2025