मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्री कार्यालयसहित मन्त्रालय संख्या १८ कायम गरिने

hitkhabar.com


काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संरचना पुनर्संयोजन गर्दै मन्त्रालय संख्या घटाउने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या १७ मा झार्ने निर्णय गरेको हो ।

यस निर्णयअनुसार अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कुल १८ संरचना रहनेछन् । यसअघि सरकारमा २१ वटा मन्त्रालय कायम रहेका थिए ।

सरकारले प्रशासनिक खर्च घटाउने र संरचना चुस्त–दुरुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको बताइएको छ ।

प्रतिक्रिया