काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची तय गरिएको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । साथै, सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि पनि छलफल गरिनेछ ।
छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले आजै दिने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
13 May 2026