काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले १४ हजार ९ सय ३५ मत प्राप्त गरेकी छन्।
त्यस्तै नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ सय ९५ मत प्राप्त गरेका छन्।
यसअघि करिब तीन वर्षअघि सम्पन्न निर्वाचनमा पनि लामिछानेले ५४ हजार १ सय मतसहित यही क्षेत्रबाट जित हासिल गरेका थिए। पछिल्लो परिणामसँगै उनी चितवन–२ बाट तेस्रो पटक निर्वाचित भएका हुन्।
07 Mar 2026