माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँ

hitkhabar.com


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ । 

शुक्रबारदेखि शुुरु हुने स्थायी कमिटी बैठकका लागि बुधबार नै अजेन्डा तय गरिएको थियो । बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने लगायतका विषय रहेका छन ।


प्रतिक्रिया