आजको मौसम : उच्च पहाडी क्षेत्रमा वर्षा/हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो लाग्नेछ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ। साथै, बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रही तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा/हिमपात हुन सक्ने जनाइएको छ।

प्रतिक्रिया