काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति कार्यालयले मंगलबार (वैशाख २२) जारी गरेको सूचनाअनुसार आगामी वैशाख २८ गते सोमबार दिउँसो २ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो, जसअनुसार अधिवेशन आह्वान गरिएको हो।
05 May 2026