परराष्ट्र मन्त्री खनाल र मलेसियाका कार्यवाहक राजदूतबीच भेटवार्ता

hitkhabar.com


काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले मलेसियाका कार्यवाहक राजदूत (Chargé d’affaires) मोहद फिर्दाउस बिन अजमानसँग भेटवार्ता गर्नुभएको छ।

आज मन्त्रालयमा भएको भेटमा नेपाल–मलेसिया सम्बन्ध, आपसी सहयोग विस्तार तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने र सहकार्यका नयाँ अवसरहरू पहिचान गर्ने विषयमा सकारात्मक छलफल गरेको बताइएको छ।

प्रतिक्रिया