फेरी बढ्यो सुन चाँदीको मुल्य

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य २७०० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला  २ लाख ३९ हजारले कायम भएको हो । 

त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ६० रुपैयाँले कारोबार भएको छ । 


प्रतिक्रिया