काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएको हो। यससँगै आजका लागि सुनको मूल्य तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ।
अघिल्लो दिन सुन तोलाको ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।
16 Apr 2026