चितवन । काठमाडौँ । भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जना मगरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मंगलबार अपराह्न बालिका खेल्ने क्रममा अस्पताल परिसरमै रहेको सेफ्टी ट्याङ्कीमा खसेकी थिइन्।
घटनापछि तत्काल उद्धार गरी उपचारका लागि सोही अस्पताल भर्ना गरिए पनि साँझ उपचारका क्रममा अञ्जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
16 Jul 2025